01 Nov 2026
10:05 AM
The Kalika Online
01 Nov 2026
मुस्कान काप्री ः
२०८३ असोज ११ गते
स्वागत मन्तव्य प्रतियोगिता २०८३ सम्पन्न ः
रत्ननगर नगरपालिका वडा नं. ११ कार्यालयको २०८३÷८४ को आर्थिक बजेटबाट लक्षितवर्गका मागमा आधारित कार्यक्रम अन्तर्गत बालक्लब पुर्नगठन, खेलकुद सामाग्री वितरण तथा विविध कार्यक्रम २०८३ पञ्चकन्या मा.वि.जिरौनामा यहि असोज ११ गते बालक्लब तथा विद्यालयहरु बिच कुनै पनि कार्यक्रममा “स्वागत मन्तव्य राख्ने प्रतियोगिता २०८३” सम्पन्न भएको छ । रत्ननगर वडा नं. ११ भरीका हरेक टोल टोलमा बालक्लब पुर्नगठन, खेलकुद सामाग्री फुटबल, व्यटमिन्टन, टि.टि सेट, डोरी, रिङ्ग, चेस वितरण गरी हरेक टोलबाट बालक्लब अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्षज्यूलाई वडाको सभाहलमा असोज १० गते तालिम दिइयो । भने प्रतियोगितामा
प्रथम ः हिमालयन बोडिङ्गका अकिंत पौडेल
द्धितिय ः पञ्चकन्या विद्या मन्दिरका इशाना घिताल
तृतिय ः श्री पञ्चकन्या मा.वि.जिरौनाका सन्त कुमार चेपाङ्ग
सान्त्वना ः शुभारम्भ एकाडेमीका सदिक्षा मिश्र
भएका थिए । यस्ता कार्यक्रमले बालबालिबकामा नेतृत्व विकास, रचनात्मक भावनाको विकास एक आपसमा आत्मीएताको समेत विकास हुने कुरा वडाका अध्यक्ष श्री श्यामकुमार श्रेष्ठज्यूले बताउनु भएको थियो र १८ वटा बालक्लब र २ वटा विद्यालयको प्रतिनिधित्व समेत हुने गरी असोज १० गते वडा बाल सञ्जाल समेत गठन भएको कुरा पनि वडाका सचिव श्री सूर्य प्रसाद ढुंगानाज्यूले जानकारी दिनु भएको थियो । कार्यक्रम भने आरोन एजुकेशनको सहजीकरण रहेको थियो ।
The Kalika Online is a news portal that provides the latest and up-to-date news and information related to Nepal and the world. Stay connected with us for timely updates on current affairs and breaking news.
Copyright © 2025, The Kalika Online All rights reserved.
Powered by Dipesh Chaudhary. .