27 Feb 2026
05:26 PM
The Kalika Online
27 Feb 2026
चितवन । भीमोदय नमुना माध्यमिक विद्यालयले विभिन्न कार्यक्रमको आयोजना गर्दै आफ्नो ५५ औँ वार्षिकोत्सव तथा अभिभावक भेला भव्य रूपमा सम्पन्न गरेको छ। आइतबार आयोजित विशेष कार्यक्रममा अभिभावक भेला तथा वार्षिकोत्सव एकसाथ मनाइएको हो।
कार्यक्रमको उद्घाटन कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले गर्नुभएको थियो। उद्घाटनपूर्व विद्यालयले विभिन्न जातजातिको भेषभूषा झल्किने झाँकीसहितको शोभायात्रा आयोजना गरेको थियो। विद्यालय परिसरबाट सुरु भएको शोभायात्रा पदमपुर बजार क्षेत्रको परिक्रमापछि पुनः विद्यालय परिसरमै पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो।
कार्यक्रममा कालिका नगरपालिका वडा नं. १ देखि ५ सम्मका वडा अध्यक्षहरू, नगर शिक्षा प्रमुख चन्द्रदेवी शर्मा, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्षहरू, पूर्व प्रधानाध्यापकहरू, चन्दादाता, अक्षयकोषदाता, आमन्त्रित पाहुना तथा अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोपालजी गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मी प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा नगर शिक्षा प्रमुख चन्द्रदेवी शर्मा, छिमेकी विद्यालयको तर्फबाट आधारभूत विद्यालय ढेढौलीका विद्यालय व्यवस्थापन समिति अध्यक्ष सागर लामिछाने, पृथ्वी माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्यभक्त अधिकारी, विद्यालय व्यवस्थापन समिति सदस्य विश्वास अर्याल, अभिभावकको तर्फबाट मुन्नाजी गुप्ता तथा विद्यार्थीको तर्फबाट आराधना कुमारी गुप्ताले मन्तव्य व्यक्त गर्नुभएको थियो।
शिक्षक–अभिभावक संघका अध्यक्ष भैरवप्रसाद धितालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक रामप्रसाद खनालले आर्थिक प्रतिवेदन र प्रधानाध्यापक इन्द्रनाथ पौडेलले शैक्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा विद्यालयका चार जना कर्मचारीलाई उत्कृष्ट कर्मचारी सम्मान प्रदान गरिएको थियो। सम्मानित हुनेहरूमा लेखापाल भेषराज पौडेल, लक्ष्मण श्रेष्ठ, हरिहर लम्साल र मिना तिमिल्सिना रहेका छन्।
यस्तै २०८१ सालमा शतप्रतिशत उपस्थिति जनाउने शिक्षक प्रविणकुमार चौधरी र कर्मचारी दिलबहादुर केसीलाई सम्मान गरिएको थियो। विद्यालयका सवारी चालकहरू रेखबहादुर बोम्जन र भिष्म चौधरीलाई कुशल सवारी चालक सम्मान प्रदान गरिएको छ।
अन्य विविध विधाबाट सुवास विडारी, सुशील कोइराला, सावित्री भट्टराई, यादवप्रसाद न्यौपाने, प्रदीपकुमार चौधरी र रानाबहादुर गुरुङ सम्मानित भएका छन्। कुशल प्रशासक तर्फ सहायक प्रधानाध्यापक रामप्रसाद खनाल र प्रधानाध्यापक इन्द्रनाथ पौडेललाई सम्मान गरिएको छ। कक्षा १–३ तर्फ कमला देवी चालिसे र बालविकासतर्फ सविना महतो सम्मानित भएका छन्।
दीर्घसेवी सम्मान प्राप्त गर्नेहरूमा शिवप्रसाद सापकोटा, रानाबहादुर गुरुङ, रामप्रसाद खनाल, इन्द्रनाथ पौडेल, प्रविणकुमार चौधरी, शन्तप्रसाद बोटे, विजया दाहाल, विष्णुकुमारी दाहाल, कमलादेवी चालिसे र कमला वञ्जारा रहेका छन्।
शिक्षक सम्मान अन्तर्गत आधारभूत तहमा उत्कृष्ट नतिजा ल्याउने शिक्षकहरूलाई पनि सम्मान गरिएको छ। अंग्रेजी विषयतर्फ शिवप्रसाद सापकोटा, गीतादेवी दनै पुडासैनी र मायादेवी लोहनी तथा स्वास्थ्य विषयतर्फ सन्जु भट्टराई र शंकर ढकाल सम्मानित भएका छन्।
माध्यमिक तह कक्षा १० (एसईई) अन्तर्गत अंग्रेजी विषयतर्फ इन्द्रनाथ पौडेल, शिवप्रसाद सापकोटा, बलराम घिमिरे र गीता दनै पुडासैनी तथा नेपाली विषयतर्फ रामप्रसाद खनाल, विष्णु गिरी र अस्मिता लम्साल पगेँनी सम्मानित भएका छन्। कम्प्युटर साइन्सतर्फ नूतन वाग्ले र कृषितर्फ विजय श्रेष्ठ सम्मानित भएका छन्।
माध्यमिक तह कक्षा १२ (एसएलसी) तर्फ प्रदीप चौधरी, रामप्रसाद खनाल, बलराम घिमिरे, रमेश चालिसे, सुवास पण्डित, सुनिता शर्मा, अर्जुन खनाल, विमला भट्टराई, गणेश पौडेल, विजय श्रेष्ठ र प्रकाश रेग्मीलाई सम्मान गरिएको छ।
अनुशासित तथा जेहेन्दार विद्यार्थी सम्मान अन्तर्गत निर्जल सुवेदी, सृष्टि सुनार, शुभम आचार्य र श्यारोन गुरुङ सम्मानित भएका छन्।
कालिका नगरपालिका उत्कृष्ट विद्यार्थी सम्मान अन्तर्गत आधारभूत तहमा प्रकृति अर्याल, रुविन श्रेष्ठ र आरतीकुमारी गुप्ता तथा माध्यमिक तह कक्षा १० एसईई अन्तर्गत आराधना कुमारी गुप्ता सम्मानित भएकी छन्।
वार्षिकोत्सव कार्यक्रममा जादुगर बलराम सरकारको प्रस्तुति प्रशंसनीय रहेको थियो भने विद्यार्थीहरूको सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएको थियो। कार्यक्रमको सञ्चालन शिक्षक शिवप्रसाद सापकोटा र ठाकुर लामिछानेले गर्नुभएको थियो।
स्वर्णमहोत्सव समेत मनाई सकेको यस विद्यालयले बार्षिकोत्सवकै अवसरमा वृहत्त खुल्ला रक्तदान कार्यक्रम, विद्यार्थीद्धारा निर्मित शैक्षिक सामग्री प्रदर्शनी, निबन्ध लेखन प्रतियोगिता, विद्यालय स्तरीय नृत्य प्रतियोगिता जस्ता कार्यक्रम आयोजना गरिएको थियो ।
2026-02-27 10:28 AM
2026-02-25 10:26 AM
2026-02-23 10:24 AM
2026-02-16 07:45 PM
The Kalika Online is a news portal that provides the latest and up-to-date news and information related to Nepal and the world. Stay connected with us for timely updates on current affairs and breaking news.
Copyright © 2025, The Kalika Online All rights reserved.
Powered by Dipesh Chaudhary. .