31 Aug 2026
01:33 PM
The Kalika Online
31 Aug 2026
चितवन, असार १६–
चितवन राष्ट्रिय निकुञ्ज भित्र हुने जीप सफारी बन्द भोलि (बुधबार)देखि बन्द हुने भएको छ । निकुञ्जले आज सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि जीप सफारी बन्द गरिएको जनाएको छ । चितवन राष्ट्रिय निकुञ्जमा पाईने अधिकांश वन्यजन्तु तथा चराचुरुङ्गीहरुको प्रजनन्का लागि वर्षायाम उपयुक्त समय भएको साथै यस अवधिमा निकुञ्ज भित्रका कच्ची वनपथहरु बिग्रीने, जंगलमा भएका स–साना खोला खोल्सीमा भलबाढी आउने, रुख लडेर बाटो अबरुद्ध हुने जस्ता कारणले गर्दा पर्यटकहरुलाई असहजता सृजना हुन सक्ने भएकाले समग्र वन्यजन्तु संरक्षण, वासस्थानको पुनरुत्थान र पर्यटकहरुको सुरक्षालाई मध्यनजर गर्दै केही समयका लागि बन्द गरिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए ।
2026-08-21 06:24 PM
2026-07-29 04:14 PM
2026-07-07 08:18 AM
2026-06-30 03:55 PM
The Kalika Online is a news portal that provides the latest and up-to-date news and information related to Nepal and the world. Stay connected with us for timely updates on current affairs and breaking news.
Copyright © 2025, The Kalika Online All rights reserved.
Powered by Dipesh Chaudhary. .