15 Jun 2026
03:55 PM
The Kalika Online
15 Jun 2026
चितवनमा पछिल्ला केही दिनयता अत्यधिक गर्मी छ । तर यही चितवनको पहाडी भेगमा भने मौसम असाध्यै मनोरम छ । त्यसैले मैदानी भूभागमा अत्यधिक गर्मी हुँदा गर्मी छल्नकै लागि धेरै मानिसहरु पहाड उक्लिन थालेका छन् । अनि गर्मी छल्ने गज्जबको गन्तव्य बनेको छ इच्छाकामना गाउँपालिका वडा नं ७, चण्डिथान स्थित स्याङदी झर्ना
तल्लो भागमा अत्याधिक गर्मी हुँदा पहाडी भागमा भने राति सिरक ओढेर सुत्नुपर्ने अवस्था छ । पछिल्लो केही वर्षयता यो ठाउँ गर्मी मौसममा सबैको रोजाइमा पर्न थालेको छ । चितवनकै तराई भू–भाग अर्थात् बजार क्षेत्रमा अत्यधिक गर्मी हुँदा त्यसलाई छल्नका लागि मानिसहरु यो पहाडी ठाउँमा पुग्ने गरेका छन् । चितवनको सदरमुकाम भरतपुरको बाइपास रोडस्थित विशाल चोकबाट यो स्याङदी पुग्न मात्र अनुमानित २० किलोमिटरको दुरी छ । कालिका नगरपालिका ३ हुँदै पुग्ने यो ठाउँमा अहिले भरतपुर, रत्ननगरलगायत क्षेत्रका बासिन्दाहरु गर्मी छल्न यो ठाउँमा पुग्ने गरेका छन् । कोही परिवार र साथीभाइ सहित पुग्ने गरेका छन् भने कोही समूह मार्फत एक दिने कार्यक्रम बनाएर यहाँ उक्लिने गरेका छन् । उनीहरु दिउँसोमा नाचगान गर्दै रमाइलो गर्न, चिसो झर्नाको आनन्द लिन पाएकोमा खुशी छन् ।
बजार क्षेत्रबाट नजिककै दुरीमा चिसो ठाउँ भएकाले यो स्याङदी झर्ना सबैको रोजाईमा पर्न थालेको हो । चिसो मौसममा रमाउन पाहुनाहरु आउन थालेपछि अहिले त्यहाँ स्थित स्याङदी हिल कटेज पनि चर्चामा आइरहेको छ । लामो समय वैदेशिक बसाईबाट फर्किएरसञ्जय चौधरीले ‘स्याङदी हिल कटेज’को सुरुवात गरेपछि अहिले चौधरी परिकारहरुको माग बढ्दै गइरहेको छ । । रमणीय वातावरण, चिसो मौसम र चौधरी खानेकुरा खान पाउने भएपछि आन्तरिक पर्यटकहरु अहिले स्याङदी उक्लिन थालेका हुन् । ‘यहाँ आउने पर्यटकले आर्गनिक खानेकुरा खान पाउँछन्,
2026-06-07 02:07 PM
2026-06-05 01:39 PM
2026-06-05 01:34 PM
2026-05-10 08:19 AM
The Kalika Online is a news portal that provides the latest and up-to-date news and information related to Nepal and the world. Stay connected with us for timely updates on current affairs and breaking news.
Copyright © 2025, The Kalika Online All rights reserved.
Powered by Dipesh Chaudhary. .