27 Feb 2026

05:25 PM

मच्छिन्द्रको लगातार दोस्रो जित

The Kalika Online

27 Feb 2026

# Sports

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको दोस्रो खेलमा जोनाथन चान्तिलानाको निर्णायक गोलमा मच्छिन्द्रले मनाङ मर्स्याङ्दी क्लबलाई २-१ ले हराएको छ। जोनसथनले ६१ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो।

त्यसअघि आठौं मिनेटमा सनिश श्रेष्ठको गोलमा मच्छिन्द्रले अग्रता लियो। तर पहिलो हाफको इन्जुरी समयमा विशेष लामाले बराबरी गोल गरे। तर त्यसपछि टोलीले अर्को गोल थप्न नसक्दा लगातार दोस्रो हार बेहोरेको छ।

पहिलो खेलमा मनाङ त्रिभुवन आर्मी क्लबसँग ५-० ले पराजित भएको थियो। मच्छिन्द्रले पहिलो खेलमा एनआरटीलाई हराएको थियो।

एनआरटीको पहिलो जित

न्युरोड टिम (एनआरटी) ले राष्ट्रिय लिगमा पहिलो जित दर्ता निकालेको छ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा लालीगुराँसले एन्फा प्रेसिडेन्ट कपबाट छनोट भएको नव जनजागृति युवा क्लबलाई ४-१ ले हराएको छ।

लालीगुराँसका लागि आशिष गुरुङले २ तथा दुई विदेशी खेलाडी अब्दुल युसुफ र अकोइटी जुनियरले गोल गरे।
२७ औं मिनेटमा अब्दुलको गोलबाट लालीगुराँसले अग्रता लियो। आशिषले ५५ औं र ६० औं मिनेटमा गोल गर्दै ३-० अग्रता बनाए ।

खेल सकिन एक मिनेट बाँकी रहँदा जुनियरले गोल थपे । उमेश सन्जेलले नव जनजागृतिका लागि इन्जुरी समयको पहिलो मिनेटमा सान्त्वना गोल फर्काए ।

लालीगुराँसले पहिलो खेलमा सहिद स्मारक ए डिभिजन टोली जावलाखेल युथ‌ क्लबलाई १-० ले हराएको थियो। नव जनजागृतिको भने यो‌ लगातार दोस्रो हार हो ।

पहिलो खेलमा नव जनजागृति एन्फा प्रेसिडेन्ट कपबाट छनोट भएको चित्लाङ एफसीसँग २-१ ले पराजित भएको थियो।

१३ ए डिभिजन क्लब तथा एन्फा प्रेसिडेन्ट कपबाट छनोट भएका ४ गरि १७ टोलीले विना रेलिगेसनको राष्ट्रिय लिगमा प्रतिस्पर्धा गरिरहेका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा एनआरटीले सातदोबाटो युथ क्लबलाई‌ ३-१ ले हराएको हो।
एनआरटीको जितमा विज्ञान खड्काले २ र टिमोथी ओकेरेकेले १ गोल गरे। सातौं मिनेटमा विज्ञानको गोलबाट एनआरटीले अग्रता लियो।

ओकेरेकेले १७ औं मिनेटमा गोल गर्दै अन्तर दोब्बर बनाए। ३२ औं मिनेटमा फोडे फोफानाले गोल गरेपछि पहिलो हाफमा एनआरटी २-१ अगाडि रह्यो।

विज्ञानले इन्जुरी समयको तेस्रो मिनेटमा गोल गर्दै एनआरटीको जित पक्का गरे । एनआरटी पहिलो खेलमा मच्छिन्द्र एफसीसँग १-० ले पराजित भएको थियो। सातदोबाटोले पहिलो खेलमा संकटा क्लबसँग गोलरहित बराबरी खेलेको थियो।

लालीगुराँस लगातार सफल

एन्फा प्रेसिडेन्ट कपबाट छनोट भएको लालीगुराँस एसोसिएसनले राष्ट्रिय लिगमा लगातार दोस्रो जित निकालेको छ।


The Kalika Online is a news portal that provides the latest and up-to-date news and information related to Nepal and the world. Stay connected with us for timely updates on current affairs and breaking news.

Contact

  • Kalika Municipality-3, Chitwan

  • 9763579027

  • thekalikaonline@gmail.com

Quick Links

Copyright © 2025, The Kalika Online All rights reserved.

Powered by Dipesh Chaudhary. .