31 Aug 2026
01:40 PM
The Kalika Online
31 Aug 2026
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चुनाव सार्ने षड्यन्त्र भइरहेको ब्रिफिङ गरेका छन् । मंगलबार एमालेको च्यासलमा जारी सचिवालय बैठकमा ओलीले वर्तमान राजनीतिक परिस्थितिबारे ‘ब्रिफिङ’ गर्दै अध्यक्ष ओलीले चुनाव सार्ने षड्यन्त्र भइरहेको बताएका हुन्। तत्काल निर्वाचन हुने वातावरण अझै बनिसकेको छैन,’ अध्यक्ष ओलीले सचिवालय बैठकमा भने, ‘एमाले र कांग्रेस नजिकिँदै गएपछि सरकार र केही विदेशी शक्तिहरू निर्वाचनलाई सार्ने वा विभिन्न चरणमा विभाजन गरेर गराउने षड्यन्त्र गरिरहेका छन्।’
उनले वैदेशिक हस्तक्षेप नांगो रुपमा देखिन थालेको औंल्याएका छन्। ओलीले सचिवालय बैठकमा भनेका छन्, ‘नेपालको अस्तित्व र राष्ट्रिय अखण्डता जोगाउने कार्य चुनौतिपूर्ण बन्दै गएको छ र वैदेशिक हस्तक्षेप नाङ्गो रूपमा देखिन थालेको छ।’
2026-08-21 06:24 PM
2026-07-29 04:14 PM
2026-07-07 08:18 AM
2026-06-30 05:40 PM
The Kalika Online is a news portal that provides the latest and up-to-date news and information related to Nepal and the world. Stay connected with us for timely updates on current affairs and breaking news.
Copyright © 2025, The Kalika Online All rights reserved.
Powered by Dipesh Chaudhary. .