31 Aug 2026
01:33 PM
The Kalika Online
31 Aug 2026
सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडपपछि सुरक्षा व्यवस्था थप कडा पारिएको छ। बुधबार बिहानदेखि नेपाली सेनाले हवाई गस्ती सुरु गरेको छ भने नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले संयुक्त रूपमा सुरक्षा निगरानी बढाएका छन्। प्रभावित क्षेत्रमा कर्फ्यु आदेश यथावत् रहेको छ। यसैबीच, घटनाको छानबिनका लागि गठित समिति र जिल्ला सुरक्षा समितिले घटनास्थलको स्थलगत अनुगमन गर्दै मृतक २४ वर्षीय ओमप्रकाश मेहताको परिवारसँग भेट गरेको छ। सरकारले घटनाको सत्यतथ्य छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरी एक साताभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ।
2026-08-21 06:24 PM
2026-07-07 08:18 AM
2026-06-30 05:40 PM
2026-06-30 03:55 PM
The Kalika Online is a news portal that provides the latest and up-to-date news and information related to Nepal and the world. Stay connected with us for timely updates on current affairs and breaking news.
Copyright © 2025, The Kalika Online All rights reserved.
Powered by Dipesh Chaudhary. .