31 Aug 2026

02:46 PM

गोरखामा दोस्रो तान्द्राङ कप २०८२ आयोजना हुँदै

गोरखा । एकता, उत्साह र फुटबल सबैको सम्मान भन्ने नाराका साथ गोरखा जिल्लाको भिमसेन थापा गाउँपालिका वडा नं.३ स्थित कुलिगैरामा दोस्रो तान्द्राङ कप २०८२ आयोजना हुने भएको छ।

पौष २८ गतेदेखि सुरु हुने खुला पुरुष फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक तान्द्राङ युवा क्लबले जनाएको छ। प्रतियोगिताका लागि फुटबल मैदान व्यवस्थापन, टिम दर्ता प्रक्रिया लगायतका काम तीव्र गतिमा भइरहेको आयोजकको भनाइ छ।

माघ १ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ नगद, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। यस्तै, दोस्रो हुने टिमले ८८ हजार ८ सय ८८ रुपैयाँ नगद, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने तेस्रो हुने टिमले ४४ हजार ४ सय ४४ रुपैयाँ नगद, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

प्रतियोगितामा व्यक्तिगत विधातर्फ उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पनि नगदसहित सम्मान गरिने आयोजकले जनाएको छ। उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता, इमर्जिङ प्लेयर तथा प्लेयर अफ द टुर्नामेन्टलाई जनही १० हजार रुपैयाँ प्रदान गरिनेछ। यस्तै, उत्कृष्ट गोल गर्ने खेलाडीलाई ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।

प्रतियोगितामा सहभागी हुन इच्छुक टिमहरूको दर्ता प्रक्रिया जारी रहेको छ। पौष २५ गतेसम्म टिम दर्ता गर्न सकिनेछ। टिम दर्ताका लागि १ हजार ५ सय रुपैयाँ शुल्क तोकिएको आयोजकले जनाएको छ।

चितवन राष्ट्रिय निकुञ्जमा पुस ३ गतेदेखि सुरु भएको बाघ गणनाको पहिलो चरण सम्पन्न भएको छ।
माघ ९ मा प्रदर्शन हुने चलचित्र बिगुलको ट्रेलर सार्वजनिक
राष्ट्रिय स्वतन्त्र पार्टीमा चार पदाधिकारी थपिने
देशभर पश्चिमी वायुको प्रभाव, आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना
बालक्लबहरुलाई खेलकुद सामग्री वितरण
भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान दुर्घटनाग्रस्त, सबै यात्रु सकुशल
पुस २५ देखि भरतपुरमा ‘नारायणी एक्सपो २०८२’ आयोजना हुँदै
पौष १९ गते त्रिफला साकोषको १३औं साधारण सभा हुदै
पौष २५ गतेदेखि टिकौली चौरमा १३औँ रत्ननगर महोत्सव हुँदै
आन्तरिक राजश्व कार्यालयको काम पूर्वी चितवनका चार पालिकाबाट
रवि लामिछाने सभापति, बालेन शाह साक्षी, कुलमान घिसिङ उपसभापतिमा
भीमोदय नमुना माध्यमिक विद्यालयको ५५ औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
सौराहाका समाजसेवी तथा पर्यटन व्यवसायी शेरबहादुर तामाङले २०० बालबालिकालाई जकेट र ट्याकसुट
चितवन हात्ती महोत्सव : सौराहामा आज हात्ती वनभोज र पूजा
नवौं एनभिए भलिबल च्याम्पियनसिप
बालेन प्रधानमन्त्रीको उमेद्वार। रवि लामिछाने सभापती नै रहने सहमती भयो।
साधारण सभा अधिवेशन तथा नयाँ कार्यसमिति चयन
नयाँ बर्षको नयाँ उत्सव रेवान सौराहाको साथमा
चितवन हात्ती महोत्सव : आज सुन्दरी र हात्तीको उपचार
रवि लामिछानेलाई भेट्नुअघि बालेन शाह र कुलमान घिसिङबीच भेटवार्ता हुने
भीमोदय नमुना माध्यमिक विद्यालयले ५५ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमसहित मनाइँदै
सन्दीप लामिछाने सम्मिलित राजशाही वारियर्सले बंगलादेश प्रिमियर लिगमा विजयी सुरूवात गरेको छ ।
चितवनको मुग्लिनमा आजदेखि सुन्तला महोत्सव
नारायणी नदीकिनारमा चौथो गैँडाकोट महोत्सवको तयारी तीव्र
सौराहामा आजदेखि चितवन हात्ती तथा पर्यटन महोत्सव सुरुहुँदै
भरतपुर महानगर प्रमुख रेनु दाहाल चितवन–३ बाट नेकपाको सर्वसम्मत उम्मेदवार सिफारिस

The Kalika Online is a news portal that provides the latest and up-to-date news and information related to Nepal and the world. Stay connected with us for timely updates on current affairs and breaking news.

Contact

  • Kalika Municipality-3, Chitwan

  • 9763579027

  • thekalikaonline@gmail.com

Quick Links

Copyright © 2025, The Kalika Online All rights reserved.

Powered by Dipesh Chaudhary. .