01 Nov 2026

11:04 AM

१३औँ रत्ननगर महोत्सव: महको उत्पादन र बजारीकरणलाई बिशेष प्राथमिकता दिईने

पूर्वी चितवनको रत्ननगर स्थित टिकौलीचारमा पौष २५ गतेबाट सुरु हुने रत्ननगर महोसत्सवमा महको उत्पादन र बजारीकरणलाई प्राथमिकता दिइएको छ ।

१३औं संस्करणको उक्त महोत्सवमा महको उत्पादन र प्रर्बद्धनको लागि छुट्टै परिसर निर्माण गरिएको छ । आर्थिक विकास र कृषिलाई जोड दिइएको उक्त महोत्सवमा किसानले उत्पादन गरेको महको महत्व, त्यसबाट हुने फाइदा र बजारको सम्भावनाको विषयलाई प्राथमिकतामा राखिएको कृषि प्रर्बद्धन समितिका संयोजक रघुनाथ भट्टले जानकारी दिए ।

यस पटकको महोत्सवमा रामजानकी मन्दिर आकृतिको भब्य गेट निर्माण, जनजाती समुदायको सुन्दर गाउँ, बेरोजगार समस्या निराकरण गर्न रोजगार मेला लगायतका विषयहरुलाई अगाडि बढाइएको आयोजक रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष शंकर गिरीले बताए ।रत्ननगर उद्योग बाणिज्य संघको आयोजना तथा रत्ननगर नगरपालिका संरक्षक रहेको उक्त महोत्सवको नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गर्नेछन् ।कृषि, पर्यटन, कला–संस्कृति र व्यापारलाई विशेष जोड दिँदै समग्र चितवनको आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्य राखिएको संघका बरिष्ठ उपाध्यक्ष निराजन खनालले बताए ।

विगत दुई दशकदेखि हरेक दुई वर्षमा आयोजना हुँदै आएको यस महोत्सवको १३औँ संस्करणको चार लाखभन्दा बढी दर्शक अबलोकन गर्ने र २५ करोडभन्दा माथिको कारोबार हुने अनुमान गरिएको खनालले बताए ।

महोत्सव अन्तर्गत भजन, शंखध्वनी, महिला कबड्डी तथा अन्तर विद्यालय स्तरीय नृत्य प्रतियोगिता हुने छ । वालउद्यानमा जनपरीसंगै बालबालिकालाई लक्षित गरी कस्मिर भ्याली निर्माण गरिदैछ । पर्यटन प्रर्वद्धन तर्फ खगरी खोलामा मोटरबोट तथा सामुदायिक वनहरुमा जीप सफारी सञ्चालन गरिने छ । महोत्सवमा अल्लो र गाजाको बोटबाट बनेका कपडाका स्टलहरु समेत रहने छन् । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका करिब ५०० स्टलहरू रहनेछन ।

महोत्सवमा उद्योग, व्यापार, कृषि उत्पादन, स्थानीय कला–संस्कृति र पर्यटकीय सामग्रीको प्रदर्शनी तथा ‘बिर्सनु हुन्न बाजेबजैको स्वाद, जोगाऔँ रैथाने संस्कृति र परम्परागत याद’ भन्ने नारा सहित रैथाने बालीको संरक्षण र प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिने संघका महासचिव उपेन्द्र शर्मा आचार्यले बताए ।

महोत्सव महोत्वब अन्तर्गत पौष २९ देखि माघ ४ सम्म सौराहाचोक स्थित बसपार्कमा ‘छैटौँ रत्ननगर सांस्कृतिक खाना महोत्सव’ आयोजना गरिएको छ । टाँडी बजारलाई चलायमान गराउन र स्थानीय खानाका परिकारको प्रर्बद्धनको लागि खाना महोत्सव आयोजना गरिएको संघका पूर्वअध्यक्ष एवम संयोजक ज्ञानबहादुर विसुरालले बताए ।

कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिँदै बृहत् कृषि प्रविधि प्रदर्शनीमा केरा, माछा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, मह र रैथाने बालीको प्रदर्शन तथा बजारीकरणलाई महोत्सवले प्राथमिकतामा राखेको कृषि प्रर्वद्धन समितिका संयोजक रघुनाथ भट्टले जानकारी दिए ।

रत्ननगरमा आयोजना हुने १३औँ रत्ननगर महोत्सवमा दैनिक रक्तदान कार्यक्रम हुने भएको छ। समग्र चितवनको गौरव र गरिमामय प्रस्तुती रत्ननगर महोत्सव यही पौष २५ गतेदेखि माघ ६ गतेसम्म टिकौली चौरमा हुदैछ ।

खैरहनी नगरपालिकाद्वारा ११औँ खिचरा महोत्सव परिसरको स्थलगत अवलोकन, तयारी तीव्र
चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवि सुवेदी निर्वाचित
ओलीले भने -सरकार र विदेशी शक्तिहरू निर्वाचनलाई सार्ने षड्यन्त्र गरिरहेका छन्
चितवनमा घाँसदाउरा काट्न जंगल गएका व्यक्तिको गैँडाको आक्रमणबाट मृत्यु
चौथो गैँडाकोट महोत्सव : धमाधम स्टल निर्माण हुँदै
उद्योग वाणिज्य संघ चितवनको निर्वाचनमा परम्परा र परिवर्तनको टकराव, आज मतदान सकिँदै
गोरखामा दोस्रो तान्द्राङ कप २०८२ आयोजना हुँदै
चितवन राष्ट्रिय निकुञ्जमा पुस ३ गतेदेखि सुरु भएको बाघ गणनाको पहिलो चरण सम्पन्न भएको छ।
माघ ९ मा प्रदर्शन हुने चलचित्र बिगुलको ट्रेलर सार्वजनिक
राष्ट्रिय स्वतन्त्र पार्टीमा चार पदाधिकारी थपिने
देशभर पश्चिमी वायुको प्रभाव, आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना
बालक्लबहरुलाई खेलकुद सामग्री वितरण
भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान दुर्घटनाग्रस्त, सबै यात्रु सकुशल
पुस २५ देखि भरतपुरमा ‘नारायणी एक्सपो २०८२’ आयोजना हुँदै
पौष १९ गते त्रिफला साकोषको १३औं साधारण सभा हुदै
पौष २५ गतेदेखि टिकौली चौरमा १३औँ रत्ननगर महोत्सव हुँदै
आन्तरिक राजश्व कार्यालयको काम पूर्वी चितवनका चार पालिकाबाट
रवि लामिछाने सभापति, बालेन शाह साक्षी, कुलमान घिसिङ उपसभापतिमा
भीमोदय नमुना माध्यमिक विद्यालयको ५५ औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
सौराहाका समाजसेवी तथा पर्यटन व्यवसायी शेरबहादुर तामाङले २०० बालबालिकालाई जकेट र ट्याकसुट
चितवन हात्ती महोत्सव : सौराहामा आज हात्ती वनभोज र पूजा
नवौं एनभिए भलिबल च्याम्पियनसिप
बालेन प्रधानमन्त्रीको उमेद्वार। रवि लामिछाने सभापती नै रहने सहमती भयो।
साधारण सभा अधिवेशन तथा नयाँ कार्यसमिति चयन
नयाँ बर्षको नयाँ उत्सव रेवान सौराहाको साथमा
चितवन हात्ती महोत्सव : आज सुन्दरी र हात्तीको उपचार
रवि लामिछानेलाई भेट्नुअघि बालेन शाह र कुलमान घिसिङबीच भेटवार्ता हुने
भीमोदय नमुना माध्यमिक विद्यालयले ५५ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमसहित मनाइँदै
सन्दीप लामिछाने सम्मिलित राजशाही वारियर्सले बंगलादेश प्रिमियर लिगमा विजयी सुरूवात गरेको छ ।
चितवनको मुग्लिनमा आजदेखि सुन्तला महोत्सव
नारायणी नदीकिनारमा चौथो गैँडाकोट महोत्सवको तयारी तीव्र

The Kalika Online is a news portal that provides the latest and up-to-date news and information related to Nepal and the world. Stay connected with us for timely updates on current affairs and breaking news.

Contact

  • Kalika Municipality-3, Chitwan

  • 9763579027

  • thekalikaonline@gmail.com

Quick Links

Copyright © 2025, The Kalika Online All rights reserved.

Powered by Dipesh Chaudhary. .