01 Nov 2026

12:09 PM

पश्चिमी वायुको प्रभाव: बुधबारदेखि वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ, कात्तिक ९-

नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी पाँच दिनको मौसमी अवस्थाको पूर्वानुमान गरेको छ ।

विभागका मौसमविद् रोजन लामिछानेका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आजदेखि नै आंशिक बदली हुने तथा बुधबारदेखि वर्षा र हिमपातको सम्भावना छ । “आगामी शुक्रबारसम्म देशका विभिन्न भूभागमा मौसममा बदली हुने तथा वर्षा र हिमपातको पनि सम्भावना छ, आज हिमाली भूभागमा आंशिक बदली रहने र बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने छ,” उहाँले भन्नुभयो, “आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने अन्य भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।”

महाशाखाका अनुसार मङ्गलबार कोशी, मधेस, बागमती र गण्डकीका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहनेछ । सो अवधिमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।

बुधबारदेखि शुक्रबारसम्म पनि देशका हिमाली तथा पहाडी भूभागमा बदली रहने र केही स्थानमा वर्षा तथा हिमपात हुनसक्ने महाशाखाले जनाएको छ ।

बुधबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ । बिहीबार र शुक्रबार पनि विभिन्न प्रदेशका हिमाली तथा पहाडी भूभागमा वर्षा तथा हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ ।

महाशाखाले मौसमसम्बन्धी पूर्वानुमानलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरेको छ । वर्षा तथा हिमपातका कारण दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले सम्बन्धित सबैलाई मौसमको अद्यावधिक सूचना लिएर आवश्यक तयारी गर्न महाशाखाले अनुरोध गरेको छ ।

आइतबार ११ हजार ७०० रुपैयाँले घटेको सुन आज तीन हजारले बढ्यो
टोल स्तरी कप समुद्घाटन
स्वागत मन्तव्य प्रतियोगिता २०८३ सम्पन्न ः
साधारण सभा तथा अधिवेशन सम्पन्न :
प्रथम पञ्चकन्या गोल्डकप २०८३
नारायणगढ–मुग्लिन सडक खण्ड आजदेखि आंशिक बन्द
चितवनमा निर्माणाधीन क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
देवानगञ्जमा सुरक्षा व्यवस्था कडा, सेनाको हवाई गस्ती जारी , प्रभावित क्षेत्रमा कर्फ्यु आदेश यथावत्
पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटरफाइनलमा
चितवन राष्ट्रिय निकुञ्ज भित्रको जीप सफारी भोलिदेखि बन्द
बागमतीमा लाइसेन्स लिन र रिन्यु अब दोब्बर महँगो: कुन वर्गलाई कति ?
कक्षा १२ को नतिजा सार्वजनिक
चितवनमा गर्मी छल्ने नजिकको रमणीय ठाउँ बन्दै स्याङदी झर्ना र स्याङदी हिल कटेज ए.आई फोटो फिचर चितवन स्याङदी
छानबिन समितिबाट सफाइ पाउनेमा आशावादी छु, पुनः गृहमन्त्री बने २ महिना तस्बिर खिच्न नआउनू: सुधन गुरुङ
चितवनमा कृष्णसार स्थानान्तरण गर्ने तयारी अन्तिम चरणमा
मापसे गरेर चलाएका थिए अक्सफोर्ड कलेजका चालकले बस,मृतक साइकलयात्रीको शव अझै बुझेनन् परिवारले
चितवनमा प्रसारणलाइन निर्माणका लागि एक हजार रुख कटान गरिँदै
२४ घण्टामा दुई हजार चार सय बयानब्बे जना ट्राफिक कारबाहीमा
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
अमेरिका र इरानबीच युद्धविरामको सहमति
चितवनको रत्ननगर नगरपालिकाले कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने
संघीय संसद् अधिवेशन सुरु, शीर्ष नेताहरूले सम्बोधन गर्ने
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको शपथ आज
चैत्र शुक्ल नवमीः आज विधिपूर्वक मनाइँदै रामनवमी पर्व
रास्वपा बैठकः संसदीय दलको नेतामा बालेन शाह सर्वसम्मत
हिजो साढे १२ हजारले घटेको सुनको मूल्य आज साढे ६ हजारले घट्यो
प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट,के-के भयो कुराकानी ?
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना , सचेत रहन आग्रह
नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा
खाना पकाउने ग्यास र इन्धनको कृत्रिम अभाव, मूल्य बढाउने माथि निगरानी

The Kalika Online is a news portal that provides the latest and up-to-date news and information related to Nepal and the world. Stay connected with us for timely updates on current affairs and breaking news.

Contact

  • Kalika Municipality-3, Chitwan

  • 9763579027

  • thekalikaonline@gmail.com

Quick Links

Copyright © 2025, The Kalika Online All rights reserved.

Powered by Dipesh Chaudhary. .